
पुर्णपुष्टि,भदौ २९
रौतहटमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–१० बस्ने बिक्रम साह तेलीकी छ वर्षीया छोरी अनुष्का साहको घट्ना स्थलमै मृत्यु भएको हो ।

आइतबार राति ना.५ ख ६७६५ नम्बरको ट्रकले ठक्कर दिदा बालिकाको घटनास्थलमै ज्यानगएको रौतहट प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
