
मिलन परियार
गाईघाट,भाद्र २९
जाल्पा एकीकृत बिकास समाज उदयपुरले २ सय ३१ जना अति बिपन्न विद्यार्थी बालबालिकाहरुलाई स्टेसनरी सहयोग गरेको छ । जनप्रेमी आधारभुत बिद्यालयका विद्यार्थी बालबालिकाहरुलाई राष्ट्रिय बालदिवसको अवसर पारी शैक्षिक सामाग्री स्टेसनरी सहयोग गरेको हो ।
विद्यालयको आयोजनामा बाल दिवसको अबसरपारी “बिपतमा बाल अधिकार को सुनिस्चितता हामी सबै को साझा प्रतिबद्धता “ भन्ने मुल नारा लाई आत्मा साथ गर्दै स्टेसनरी सहयोग गरेको जाल्पा एकीकृत बिकास समाज उदयपुरका अध्यक्ष पुस्पराज पोखरेलले बताउनुभयो ।

जाल्पा एकीकृत बिकास समाज उदयपुरले गरिब तथा बिपन्न बाल बालबालिकाको क्षेत्रमा लामोसमय देखी काम गर्दै आएको र अझै यस्ता सामाजिक कार्यहरु थप गर्दै जाने अध्यक्ष पोखरेलले बताउनुभयो ।
गाईघाटको आसपासमै रहेको भएपनि विद्यालयलाई सरोकारवाला तथा सम्बन्धित निकायहरुले कुनै ध्यान नदिएको विद्यालयका प्रध्यापक शैलेन्द्र खतिवडाले गुनासो पोख्नु भयो ।
यस बिद्यालयमा दैनिक ज्याला मजदुरि गरि अध्ययन गर्ने मुसहर दलित समुदायका बाल बालिका अध्ययन गर्ने गरेको प्रधानाध्यापक खतिवडाले बताउनुभयो ।

