Thursday, June 4News That Matters

आतङ्कवादी समूहको गोलाबारीमा एक सिरियाली सैनिकको मृत्यु, एक घाईते

काठमाण्डौँ, बैशाख १९

सिरियाको इदलिब प्रान्तमा जबात अल–नुस्रा आतङ्कवादी समूहले गरेको आक्रमणमा एक सिरियाली सैनिकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। सिरियामा युद्धरत पक्षहरूको मेलमिलाप, रियर एडमिरल ओलेग झुराभलेभले सो कुरा बताएका छन् ।

जबात अल–नुस्रा आतङ्ककारीहरूले इदलिब डि–एस्केलेसन जोनमा विगत २४ घण्टामा चार पटक गोलाबारी गरेका थिए ।झुराभलेभले आइतबार पत्रकारहरुलाई बताएअनुसार ‘लटाकियामा अर्को आक्रमण भएको हो । “इडलिब प्रान्तमा, मेलाजाहको बस्तीको क्षेत्रमा सरकारी सेनाको स्थानमा फत्तराह क्षेत्रका आतङ्ककारीहरूले गरेको तोपको गोलाबारीको परिणामस्वरूप, एक सिरियाली सैनिक मारिए, एक घाइते भए,“ झुरावलेभले भने।

झुराभलेभले बताएअनुसार गैर–सरकारी नियन्त्रित सिरियाको इडलिब प्रान्तबाट अल्बेनियन र काकेसस मूलका लडाकुहरू युरोपतर्फ लागेका थिए। (रासस)