
पूर्णपुष्टि,माघ ११ । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्यायका लागि भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । बुधबार आचार्यको २५ बुँदै माग पूरा गर्न माग गर्दै सरकारविरुद्ध विरोध प्रदर्शन भएको हो ।
मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान मृत्यु भएपछि उनका माग सम्बोधन हुनुपर्ने माग राख्दै युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । काठमाडौंको माइतीघर र बानेश्वर क्षेत्रमा मृतक आचार्यको माग पूरा गर्न माग गर्दै विरोध भएको छ ।

विभिन्न व्यवसाय गर्नखोज्दा राज्य व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेको र आफूले काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा मृतक आचार्यले मृत्युअघि लामो ‘सुसाइट नोट’ लेखेका थिए । प्रदर्शनमा उत्रिएकी एक आन्दोलनकारीले मतदाताहरूले नयाँ शक्तिको रूपमा सत्तामा पु¥याएकाहरुले यो अवस्थाको सिर्जना गर्नहरुलाई कारबाही गरेर अघि बढ्न नसके देशले अझै ठूलो दुर्घटना भोग्नुपर्ने बताए ।

आत्मदाह गरेका आचार्यलाई न्याय दिनुपर्ने माग गर्दै युवाहरूले सरकारविरुद्ध विभिन्न नाराबाजीसहित विरोध गरेका छन् । ‘यो देश हो कि वधशाला ?, अर्को जल्दो शरीर मेरो नहोस्, उद्यमशील नेपाल नेपाल नारा मात्रै हो ? प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हो सरकार ? यो आत्महत्या होइन हत्या हो ? ठुला व्यापारी कसको आश्रयमा ? स्व.चार्यका २५ बुँदे माग पूरा गर्’ लगायतका पम्प्लेट बोकेर विरोध जनाएका छन् ।
