Saturday, June 13News That Matters

प्याराडाईज स्कुलका विद्यार्थी खेलाडीहरु पुरस्कृत (भिडियो सहित)

पूर्णपुष्टि, माघ ११ । गाईघाट
उदयपुर जिल्लाको एक प्रतिष्ठित बिद्यालय प्याराडाईज माध्यमिक स्कुल गाईघाटले विभिन्न बिधामा दुई सय बिद्यार्थीलाई पुरस्कृत गरेको छ । बिद्यालयको बार्षिक कार्यक्रम अनुसार सप्ताहव्यापी खेलकुद प्रतियोगितामा सहभागि भएका विभिन्न बिधाका नर्सरीदेखि कक्षा १२ सम्मका उत्कृष्ट बिद्यार्थीलाई सोमबार एक कार्यक्रमको आयोजाना गरी बिद्यालयले पुरस्कार वितरण गरेको हो ।

प्रिन्सिपल बाबुराम आचार्यका अनुसार खेलकुदमा झण्डै एक हजार बिद्यार्थीको सहभागिता रहेका थिए । शिक्षाँसगै बिद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अव्वल बनाउन बिद्यालयको बार्षिक उत्सवलाई लक्षित गरी क्यालेण्डर नै प्रकाशन गरेर खेलकुद कार्यक्रम गरिएको हो ।
एउटा कक्षामा तीन वटासम्म बिद्यामा सहभागि हुने गरी कवडी, भलिवल, फुटवल, रिलेदौड, हाइजम्प, लङ्जम्प, ज्यावलिङ्गथ्रो, सटफुट जस्ता कार्यक्रम सञ्चालन गरिएको थियो । यसका साथै साना बालबालिकालाई लक्षित गरी मार्वल प्युरिङ रेस, वल कलेक्सन, बलपासीङ्ग रेस लगायतका प्रतियोगिता गरिएको थियो ।
प्रतियोगिताका विजयी खेलाडीलाई त्रियुगा नगरपालिका वडानं ११ का अध्यक्ष सुमन्त कोईराला, पुर्ववडाध्यक्ष विश्वराज भट्टराई, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशकुमार बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, महासंघका सल्लाहकार एवम् कान्तिपुर टिभि सम्बाददाता भोटराज राई, उपाध्यक्ष पर्शुराम थापा, पत्रकार तुलसीप्रसाद कोइराला लगायतले पुरस्कार वितरण गरेका थिए । विद्यालयले ठूलो कक्षाका विद्यार्थी खेलाडीहरुलाई विहान र साना कक्षाकालाई दिउसो पुरस्कार वितरण कार्यक्रम राखेको थियो ।
तस्बिरहरु :