Friday, May 22News That Matters

आदिकवि भानुभक्तको २०७ औँ जन्मजयन्ति मनाइँदै

पूर्णपुष्टि, असार २९

आज आदिकवि भानुभक्त आचार्यको २ सय ७ औं जन्मजयन्ती मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेको मानिन्छ ।

आदिकवि भानुभक्तले नेपाली भाषामा अनुवाद गरेको रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् । उहाँको प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीता, तथा धेरै फुटकर लगायत कृति प्रकाशित छन् । समाजमा कीर्ति राख्न घाँस काटेर कुवा खन्ने घाँसी भानुभक्त आचार्यका लागि सबैभन्दा ठूलो प्रेरणा रहेको मानिन्छ ।

जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाईदै छ । भारतको दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषाभाषी रहेको ठाउँमा पनि भानुमक्तको जन्मजयन्ति मनाइन्छ ।

भानुजयन्तीको अवसरमा तनहुँको भानु नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।