Friday, May 22News That Matters

प्रिमियर लिगमा टोटनह्यामको जित

पूर्णपुष्टि, असार २९

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले जित हात पारेको छ । गतराति भएको नर्थ लण्डन डर्बीमा टोटनह्यामले आर्सनललाई २–१ गोलले पछि पार्दै जित हात पारेको हो ।

खेलको १६ औं मिनेटमा एलेक्सजेन्ड्रे लाकाजेट्ले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १९ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटनह्यामलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

खेलको ८१ औं मिनेटमा टोबी अल्डेरवेइरेल्डले गोल गर्दै टोटनह्यामलाई २–१ को जित दिलाएको हो ।

जितसँगै टोटनह्याम लिगको ८ औँ स्थानमा छ । टोटनह्यामले ३५ खेलमा ५२ अंक जोडेको छ । ५० अंक जोडेको आर्सनल ९ औँ स्थानमा झरेको छ ।