Monday, April 20News That Matters

आदिवासी संग्रहालय बनाउने वडाध्यक्षकाे प्रतिवद्धता

पूर्णपुष्टि, फागुन २५ ।

सम्पुर्ण जातजातिको भावनालाई सम्बोधन गर्नेगरी बेलका नगरपालिकाको वडा नं ४मा बहुजातिय संग्रहालय बनाउने वडा नं ४ का वडाध्यक्ष दिपक दंगालले बताउनु भएको छ।
आज फागुन २५ गते नेपाल आदिवासी जनजाती महासंघ बेलका नगरले वडा नं ४ का आदिवासी जनजातिहरुका लागी चलाएको १ दिने प्रशिक्षण कार्यक्रममा वडाध्यक्ष दंगालले सो कुरा वताउनु भएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा अध्यक्ष दंगालले आफु आदिवासी जनजातीकै काखमा हुर्किएको बाल्यकाल सम्झदै आदिवासी जनजातिको मनोभावनालाई नजिकबाट आफुले बुझेको बताउनु भयो।
कार्यक्रमका सभाध्यक्ष तथा नेफिन बेलकाका अध्यक्ष ललित राईले नेपालले अन्तराष्ट्रीय कानुन मान्छु भनेर संयुक्त राष्ट्र संघको पक्षधर राष्ट्र भई बडापत्रमा हस्ताक्षर गरेकोले आफुहरुले कानुन पालना गरिदिनुस मात्र भनेको वताए ।अध्यक्ष राईले आदिवासी जनजातिलाई प्रभाव पार्ने राज्य संयन्त्रका जुनसुकै कार्यमा संगठनको प्रतिनिधीमुलक सहभागिता हुनुपर्ने बताउदै विकासले मानिसका जिवन स्तर उकासिनु पर्ने र जिवन स्तर उकास्न नसक्ने विकास विकास नभएको जिकिर गर्नुभयो ।
कार्यक्रममा उदयपुर नेफिन उपाध्यक्ष टीकाराम थामी , नेफिन बेलका संरक्षक कर्ण कुमार श्रेष्ठ ,प्रशिक्षक प्रसान्त चाम्लिड० राईले प्रशिक्षणात्मक भनाईहरु राख्नुभयो।वडा नं ४ का वडासदस्य टंक प्रसाद अधिकारीले आदिवासी जनजाति लगायत सवै जातजातिको उत्थानका लागी वडा कार्यलयबाट सकेको सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो।भेलाले स्याम खपॉगी मगरको अध्यक्षतामा ११ सदस्यिय वडा कार्य समिती गठन गरेको छ।