Sunday, June 28News That Matters

आधा केजी सुनसहित २ जना पक्राउ

पूर्णपुष्टि, असोज १६

भारत लैजादै गरको आधा केजी सुनसहित कपिलवस्तुमा दुई जनालाई पक्राउ गरेका छन् ।
कपिलवस्तुको मायादेवी गाउँपालिका–५ बनकछियाबाट भारततर्फ जाँदै गरेको अवस्थामा पाँच सय ग्राम सुनसहित ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी बहिनी १५ वर्षीया महिमा गुप्ता पक्राउ परेका हुन् ।

लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ सुन लैजाँदै गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई गतराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

बरामद सुन र पक्राउ परेका दाजु–बहिनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ ।