
झापा, असोज १५
झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भद्रपुर–६ रंगडाँडा बस्ने ४७ बर्षीय संजित राजबंशीको करेन्ट लागेर मृत्यु भएको हो ।
हिजो दिउसो १२ बजे बागडोरा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा उनि वेहोस भएको थियो । वेहोस भएका उनलाइ तत्काल उपचारार्थ लैजादै गर्दा पौने १ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

