
पूर्णपुष्टि, असोज १६
भारतमा कोरोना सङ्क्रमणबाट करिब एक लाख मृत्यु भएको छ ।
अहिलेसम्म ६३ लाख ९१ हजारमा कोरोना संक्रण पुष्टि हुदा ९९ हजार ८ सय ४ जनाको मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ ।
भारतमा गत २४ घण्टामा एक हजार ९६ जनाको मृत्यु भएको छ । त्यस्तै साढे ८१ हजारमा कोरोना पुष्टि भएको छ ।
भारतमा अहिलेसम्म ५३ लाख ४८ हजार उपचारपछि निको भएका छन् । अहिले ९ लाख ४३ हजार सक्रिय सङ्क्रमित रहेको भारतमा ८ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्ड्रोमिटरले जनाएको छ ।
अहिलेसम्म विश्वभर ३ करोड ४४ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ५६ लाख निको भएका छन् भने १० लाख २३ हजारको मृत्यु भएको छ ।
सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ७४ लाख ९३ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १२ हजारको मृत्यु भएको छ ।

