Wednesday, May 6News That Matters

आधा दर्जन डेरी शिलबन्दी

भदौ ९ गते ।

सिराहामा अवैध रुपमा संचालन भएको आधा दर्जन दुग्ध उद्योगमा शिलबन्दी गरिएको छ । बजार अनुगमनका क्रममा अनुमति तथा कागजपत्र बिनै सञ्चालन गरेको पाइएपछि छ वटा दुग्ध उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीले शिलबन्दी गरिएको हो ।

सदरमुकाम सिरहाको ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरङ्ग डेरी उद्योग, सुखचैनाको लक्ष्मी डेरी उद्योग, नरहाको सुधा दूध डेरी उद्योग र दुई नाम नै नराखी संचालन गर्ने उद्योगमा शिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीले जनाएको छ ।

शिलबन्दी गरिएका अधिकांश डेरी उद्योगले गाईभैँसीको दूधको साटो प्याकेटवाला पाउडर दूधको प्रयोग गरेको तथा सरकारले तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालना नगरेको अनुगमनका क्रममा पाइएको कार्यालयले जनाएको छ ।

उद्योगीलाई पटक–पटक डेरी उद्योगको मापदण्ड अपनाउन निर्देशन दिएको भएपनि अटेर गरेकाले शिलबन्दी गरेको कार्यालयले जनाएको छ । जिल्लामा करीब ४५ वटा दूध डेरी उद्योग दर्ता भएर सञ्चालनमा रहेको छ ।