
भदौ ९ गते ।
बैतडीको मेलौली नगरपालिकामा ४१ घर त्यसमध्ये ३० घर बसाइँ सरेपछि गाउँमा ११ घर मात्रै बाँकि छ । सुनसान लाग्दो गाउँमा विकासका योयजना चै फालाफाल छ ।
गत वर्ष यस ठाउँमा २ करोड लगानीमा सिँचाइ योजना बन्यो । यस वर्ष पनि ५० लाखभन्दा बढी योजना परेका छन् ।
केही योजना बनेको छ भने केही बनेका छैन । तर कागजमा ती सवै योजना सम्पन्न भईसकेको छ । काम नभएका योजनको काम सम्पन्न देखाएर बाँडीचुँडी खान रकम भुक्तानी भइसक्यो ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
