Monday, April 20News That Matters

पहिलो फलाम उद्योग स्वीकृत

भदौ ९ गते ।

गण्डकी प्रदेशको नवलपुरमा फलाम उद्योग स्थापना गर्न स्वीकृत पाएको छ । होप्से गाउँपालिकाको धौवादीमा उद्योग स्थापना गर्नका लागि मन्त्रिपरिषद्कोे निर्णयबाट स्वीकृति पाएको हो ।

फलामको व्यावसायिक उत्पादन गर्नका लागि संघिय मन्त्रिपरिषद्को बैठकले ‘धौवादी फलाम खानी लिमिटेड’ स्थापना गर्ने निर्णय गरेको हो ।

खानी उत्खनन गर्नका लागि फलाम कम्पनी स्थापना गर्ने सरकारको निर्णयले औद्योगिक क्षेत्रमा नयाँ आयाम थपिएको छ । उक्त क्षेत्रलाई फलामको व्यावसायिक उत्पादनका लागि तीन स्तरबाट काम अगाडि बढाइएको छ ।

सरकारले उद्योग स्थापना गर्ने निर्णयसँगै कम्पनी दर्ता तथा सञ्चालनको प्रशासनिक प्रक्रिया अगाडि बढाएको छ ।

खानी तथा भूगर्भ विभागले फिजिबिलिटी स्टडी, वातावरणीय अध्ययन र थप ड्रिलिङको काम अगाडि बढाएको छ ।

उत्पादन हुने फलामको औद्योगिक परीक्षण अहिले चीनको छेन्दुमा भइरहेको छ । यसअघि नै उक्त खानीको प्रयोगशाला परीक्षण सम्पन्न भई प्रतिवेदनसमेत आइसकेको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।