Sunday, May 31News That Matters

आफैले बोकेको बन्दुकको गोली लागेर एक युवकको मृत्यु

पूर्णपुष्टि, मंसिर २०
आफैले बोेकेको बन्दुकको गोली लागेर एक १७ वर्षीय युवकको ज्यान गएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका रोहित मल्लको आईतबार राति सिकार खेल्न गएकाबेला गोली लागेर ज्यान गएको हो ।
शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा सिकार खेल्न गएकोबेला घटना भएको प्रहरीको भनाइ छ । गोली लागेर युवकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानअनुसार बन्दुक रोहितले नै बोकेको देखिन आएको प्रहरीले जनाएको छ । प्रहरीले बन्दुकसहित छिमेकी ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।