
पूर्णपुष्टि, माघ ४
आयोगले आइतबार निर्वाचनबारे छलफल गर्न दलका प्रतिनिधिहरुलाई बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामीे बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेसँगै आयोगले आफ्नो कामलाई तीव्रता दिएको हो ।
आयोग सूचना अधिकारी सुर्यप्रसाद अर्यालले मतदाता नामावली अध्यवाधिक, मतदानस्थल तथा मतदान केन्द्रका विषयमा दलहरुसँग छलफल गर्न बोलाइएको जानकारी दिनुभयो ।
निर्वाचनको विषयमा छलफलको लागि आज बोलाएता पनि धेरैजसो दलहरु संसद विघटन नै असंवैधानिक भन्दै संसद पुनस्र्थापना हुनुपर्ने बताउँदै संघर्षमा छन् ।
