
पूर्णपुष्टि, माघ ४
आज सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर ९१ हजार आठ सयमा झरेको छ । शुक्रबार ९२ हजार पाँच सयमा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार तीन सय रुपैयाँ महासंघले तोकेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।
त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ । शुक्रबार चाँदीको भाउ १२ सय ६० रुपैयाँ थियो ।
