Saturday, May 16News That Matters

बलिउड नायिका आलियाको सडक २ ले डिस्लाइको रेकर्ड राख्यो

पूणर्पुष्टि, साउन ३०

प्राय जुनसुकै फिल्म भिडियोहरुमा लाइकनै बढी आउने गरेको पाइन्छ । डिस लाईक प्राय लाइक भन्दा कम नै आउने गरेको एलिया भट्टको टेलर २ मा भने सार्वधिक डिस्लाइक आएको छ ।

पछिल्लो समय बलिउडको सफल नायिकाको रुपमा चिनिदैँ आएको आलियाको सडक २ को टेरले स्टारड्रम नै घटाएको अवस्था छ । टेलरमा उनले सर्वाधिक डिस्लाई कामाइन् ।

हाल फक्स स्टार हिन्दी नामक युटुवमा राखिएको टेलरमा ४ लाख ७७ लाइक रहेको छ भने उता डिस्लाइकमा भने ८८ लाख रहेको छ । नायक सुशान्त सिंह राजपुतको निधनपछि सुरु भएको नेपोटिज्मको बहसले आलियालाई सर्वाधिक घाटा लाग्ने देखाएको छ ।

दर्शकले बहिष्कार गर्न थाले भने कलाकारको स्टारडम कसरी तल झर्छ भन्ने उदाहरण, उनी अभिनित चलचित्र ‘सडक २’को ट्रेलरमा आएको डिसलाइकलाई हेर्दा हुन्छ ।

महेश भट्टको निर्देशनमा मुकेश भट्टले निर्माण गरेको यो चलचित्रमा संजय दत्त, पूजा भट्ट, आलिया भट्ट, अदित्य रोय कपुर लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्र अगष्ट २८ मा हटहस्टारबाट रिलिज हुँदैछ । चलचित्रको ट्रेलर सार्वजनिक भएको २ घन्टामा यसलाई ३ लाख ६० हजार भन्दा बढीले डिसलाइक गरेका छन् । करिब ३ दिनको दौरानमा ८८ लाख डिस्लाइक आएको छ भने ४ लाख ७७ हजार मात्र लाईक आएको छ । यो संख्या बढ्ने क्रममा छन् ।

https://www.youtube.com/watch?v=XDo-RhPW4W8