Saturday, May 16News That Matters

प्रदेश प्रमुख कार्यालयका सचिवमा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, साउन ३०

वाग्मती प्रदेशको प्रदेश प्रमुख कार्यालयका सचिवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौँडाको प्रयोगशालामा गरिएको परीक्षणमा प्रमुख सचिवमा कोरोना सङ्क्रमण देखिएको हो ।

सचिवलाई कोरोना पुष्टि भएपछि परिवारका सदस्यको पनि पीसीआर जाँचको तयारी भइरहेको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्यले जनाएको छ ।

ज्वरो आउने र घाँटी दुख्ने समस्या भएपछि सचिवको कोरोना परीक्षणको लागि स्वाबको नमुना सङ्कलन गरिएको थियो ।