
पूर्णपुष्टि, साउन ३०
लमजुङमा सेवा ग्रहीसँग चार लाख घुस लिएको अभियोगमा ईन्जिनियर र सवईन्जिनियरविरुद्ध मुद्दा दायर गरेको छ । मर्स्याङ्दी गाँउपालिकाका इन्जिनियर भूपेन्द्रकुमार मण्डल र सबइन्जिनियर टीकाप्रसाद गुरुङविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो ।
सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डौमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।
भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट विभिन्न बहानामा आठ जनासँग ५०÷५० हजार रुपैयाँका दरले घुस लिएको खुल्न आएको र उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
निर्माण गरेको घरको मापदण्ड नमिलेको बहानामा उनीहरुले प्राविधिक मूल्याङ्कन गराइ रकम स्वीकृत गराउन आठ जना लाभग्राहीसँग एकमुष्ट चार लाख रुपैयाँ घुस लिएको खुल्न आएको अख्तियारले जनाएको छ ।
