
पूर्णपुष्टि, साउन ३०
विश्वका विभिन्न देशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या साढे ७ लाख नाघेको छ । विश्वका विभिन्न देशमा अहिलेसम्म २ करोड १० लाख जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । उक्त संक्रमित मध्ये ७ लाख ५७ हजारभन्दा धेरैको मृत्यु भएको वल्ड्रोमिटरले जनाएको छ ।
उक्त संक्रमित मध्ये एक करोड ३९ लाख जना उपचारपछि निको भएका छन् । अहिले आइसोलेशनमा रहेका ६३ लाख ९० हजारमध्ये एक प्रतिशत अर्थात साढे ६४ हजारको अवस्था जटिल रहेको र बाँकी ६३ लाख २६ हजारको अवस्था सामान्य रहेको जनाईएको छ ।
सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ५४ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा १ लाख ७० हजारको मृतयु भएको छ । त्यस्तै ब्राजिलमा ३२ लाख २९ हजारमा संक्रमण पुष्टि हुँदा १ लाख ५ हजारको मृत्यु भएको छ ।
त्यस्तै भारतमा २४ लाख ६१ हजारमा कोरोना संक्रमण पुष्टि हुदा ४८ हजारको मृत्यु भईसकेको वल्डोमिटरले जनाएको छ ।
