Saturday, May 16News That Matters

प्रदेश २ थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, साउन ३०

प्रदेश २ मा थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पर्साका २६, बाराका २१ र महोत्तरीका २ जना गरी ४९ जनामा सङ्क्रमण पुष्टि भएको वीरगञ्जको नारायणी अस्पतालले जनाएको छ ।

आज कोरोना पुष्टि भएकाहरुमा भारतीय महावाणिज्य दूतावासका कर्मचारी, नारायणी अस्पतालमा कार्यरत चिकित्सक, नेपाली सेनाका सिपाही, स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, बैंकमा कार्यरत कर्मचारी पनि रहेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैया, ४ नम्बर वडा बिर्ता र लोहारपट्टी रोड, १० नम्बर वडा घडिअर्वा, ११ नम्बर वडा श्रीपुर, १३ नम्बर वडा मुर्ली, १५ नम्बर वडा भिस्वालगायत वडाका स्थानीयमा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

त्यस्तै बारा बाराको जितपुरसिमरा महानगरपालिकाका विभिन्न वडाका २० जना र विश्रामपुरका एक जना गरी २१ जनामा र महोत्तरीको जलेश्वरका १ जनामा सङ्क्रमण पुष्टि भएको जनाईएको छ ।