Sunday, June 28News That Matters

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको जित

पूर्णपुष्टि, असार ४ गते । 

इंग्लिस प्रिमियर लिगको पहिलो दिनको खेलमा म्यानचेस्टर सिटीले आर्सनलाई हराएको छ । कोरोना महामारीकै बीच सिटीको घरेलु मैदानमा सुरु भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनलाई ३–० गोलले हराएको हो ।

खेलमा रहिम स्ट्रलिङ, केभिन डी बु्रइन र फोडेनले एक एक गोल गरे । केभिन डी ले खेलको ५१ औं मिनेटमा पेनाल्टीमा गोल गरे । पहिलो हाफमा एक गोलले पछि परेको आर्सनल दोस्रो हाफको सुरुवातमै १० खेलाडीमा सीमित भयो ।

आर्सनलका डिफेन्डर डेविड लुइज विपक्षीलाई फल गरेपछि रातोकार्ड पाउँदै मैदानबाट बाहिरिए । जितसँगै सिटीले २९ खेलमा ६० अंक बनाएको छ । नवौं स्थानमा रहेको आर्सनलको ४० अंक छ ।

त्यस्तै गएराति भएको खेलमा एस्टन भिल्ला र सेफिल्डले बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै २६ अंक जोडेको एस्टन रेलिगेसन क्षेत्रमा रहेको छ । एस्टन पुछारबाट दोस्रो स्थानमा रहेको छ । ४४ अंक जोडेको सेफिल्ड छैटौं स्थानमा रहेको छ । कोरोनाको कारण प्रिमियर लिग स्थगित भएको सय दिनपछि सुरु भएको हो ।