Sunday, June 28News That Matters

नारायणगढ–मुग्लिन सडक खुल्यो

पूर्णपुष्टि, असार ४ गते ।

भिषण वर्षासँगै पहिरो खसेर बन्द भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलको छ । चितवनको कालिखोलामा हिजो वर्षासँगै पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको हो ।

पहिरो पन्छाएर गाडी एकतर्फी सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोले सडक बन्द भएपछि कालिखोलामा गाडीको चाप छ ।

पहिरो पन्छाउने काम भैरहेकाले आज दुईतर्फी नै गाडी सञ्चालन हुने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । पहिरो पन्छाउने काम जारी रहेपनि पानी पर्ने कार्य पनि जारी रहेकाले जोखिम कायमै रहेको जनाईएको छ ।

नारायणगढ मुग्लिन सडकको बाटो विस्तार गर्दा ठाउँ ठाउँमा पहाड काटिएको छ ।