
भदौ १५ गते ।
इंग्लिस प्रिमियर लिगमा बर्नलीलाई ३–० गोले पछि पार्दै लिभरपुलले जित हात पारेको छ । गतराति भएको खेलमा लिभरपुलले ३–० गोल अन्तरलेपछि पार्दै जितको यात्रा कायमै राखेको हो ।
खेल सुरु भएको ३३ औं मिनेटमा बर्नलीका क्रिस वुडले आत्मघाती गोल गरेपछि लिभरपुलको १–० गोल भएको थियो । त्यस लगतै ३७ औं मिनेटमा मानेले गोल गरेको थियो भने ८० औँ मिनटमा फिर्मिन्होले निर्णायक गोल गर्दै टिमलाई विजयी बनाएको थियो ।
