
पूर्णपुष्टि, जेठ ३ । इटालियन क्लब इन्टर मिलान १३ बर्षपछि युरोपियन च्याम्यिन लिगको फाईनलमा प्रबेश गरेको छ । इन्टरले सेमिफाईनलमा मिलान डर्बी एसी मिलानलाई समग्रमा ३–०गोलले हराउँदै फाईनलमा स्थान बनाएको हो ।
सेमिफाईनलको पहिलो लेगमा इन्टरले २–० ले जितेको थियो भने मंगलबार राति भएको दोस्रो खेलमा इन्टरले एसी मिलानमाथि १–० गोलको जित निकालेको हो । इन्टरलाई जित दिलाउन खेलको ७५ औं मिनेटमा मार्टिनेजले गोल गरे ।
इन्टर २०१० पछि च्याम्पियन्स लिगको उपाधि नजिज पुगेको हो । इन्टरले अब जुन १० मा टर्कीयमा हुने फाइनल खेल स्पानिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यान्चेष्टर सिटी बिचको बिजेता टोलीसँग खेल्नेछ । सिटी र रियलबिचको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो भने दोस्रो लेग बुधबार राती हुनेछ ।
