Saturday, April 18News That Matters

इन्स्टाग्रामको तस्विरले साम्राज्ञी तनावमा

नायिका साम्राज्ञीले बालीमा खिचेका केहि तस्विरहरु भाईरल भएपछि दर्शकको लागि वर्षीरहेका छन् । तस्विर भाईलसँगै नराम्रो प्रतिकृया आएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह तनावमा परेकी छिन् ।

तरस्विर सार्वजनिक भएपछि आएका नराम्रो प्रतिकृयालाई लक्षित गर्दै ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किदै गर्छ’ भन्दै इन्स्टाग्राममा लेखिन् । त्यस कुराले दर्शकको हेर्ने नजर बदलिएको छ ।

चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक भएसँगै प्रशंसा भैरहेको छ । नायक पुष्प खड्काको पनि दर्शकले तारिफ गरिरहेका छन् । तर, साम्राज्ञीले भने दर्शकको गाली मात्रै सहनुपरेको छ ।

यो सव कुराले नायिका साम्राज्ञीको करिअरमा नै असर परेको विश्लेषण समेत गरेको छ । उनले सवै कुरा नियाली सकेपछि इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गर्दै ‘यति धेरै घृणा किन ?’ भनेर प्रश्न गरेकी छिन् ।

राम्रो काम गर्न छोडी अरुको कुरा काटेर आफ्नो समय फाल्नेहरुसँग म माफी चाहान्छु । साच्चै, मान्छेले किन यति धेरै घृणा गर्छन् ? अरुको अनुहारमा हाँसो देख्न नपाएर के पाउनु भयो ? मलाई यो कुराबाट छुटकारा चाहिएको छ उनले भनिन् ।

साम्राज्ञी अभिनित दुई चलचित्र ‘मारूनी’ र ‘रातो टिका निधारमा’ रिलिजको तायरीमा छन् । तर पछिल्लो गतिविधिले असर गर्ने अनुमानग गरेका छन् ।