
साउन २३ गते ।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन २० रोपनी भन्दा बढी जग्गा नै घुस लेनदेन भएको खुलेको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गाउन २० रोपनी भन्दा बढी जग्गा लेनदेन भएको खुलेको हो ।
व्यक्तिको नाममा पुगेको सरकारी जग्गाको अनुसन्धान गरिरहेको अख्तियारले शंकास्पद जग्गाधनीहरुलाई बयान लिइरहेको छ । तिनिहरु मध्ये अधिकांश तत्कालिन उच्च पदस्थ पदाधिकारीका परिवारका सदस्य तथा नातेदार रहेको खुलेको छ ।
प्राप्त भएका सूचनाअनुसार त्यतिबेला सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेबापत करिब २४ रोपनी जग्गा घूसबापत उनीहरुका आफन्त र नातेदारका नाममा सित्तैमा दिएको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उच्च अधिकारीकाले बताएका छन् । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशन भएको छ ।
