
पूर्णपुष्टि, माघ ९
इलाममा पनि अब हवाई यात्रा सुरु हुने भएको छ । फागुन ८ बाट हरेक हप्ता एउटा उडान गर्ने गरी तयारीको सम्झौता भईरहेको छ । इलामा नगरपालिका र इलाम नगरपालिका र तारा एयरबीच सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ । इलामको सुकिलुम्बा विमानस्थल निर्माणको काम सम्पन्न भएसँगै यहाँ ८ फागुनबाट हरेक साता एक नियमित उडान हुने निश्चित भएको छ ।

सम्झौताअनुसार आगामी फागुन ८ देखि प्रत्येक आइतबार उडान(अवतरण हुने निश्चित भएको हो । नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा ८ हजार ७०० रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार ११र११ जनाको आउने(जाने भाडा इलाम नगरपालिकाले तिर्नेछ ।

इलाममा, सन्दकपुर, माईपोखरी, कन्याम(अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदी पर्यटकीय आर्कषणका केन्द्र हुन् ।
नगरपालिकाले एकतर्फी भाडा तिरेमा दुइतर्फकै उड्नका लागि सहुलियत दिएको हो । पूर्वी नेपालको भ्रमणमा जाने आन्तरिक पर्यटकको संख्या बढि रहेपनि सडक यातायातबाट जादाँ बढि समय लाग्ने भएकोले हवाई यात्राबाट पर्यटक संख्या बढ्ने अपेक्षा नगरपालिकाको छ ।

