
पूर्णपुष्टि, पुष १
सुनसरीको ईटहरी उप–महानगपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजबाट बेश्याबृत्ति गराउने कार्यामा संलग्न दुई जना पक्राउ परेका छन् । ईटहरी–४ का ३६ वर्षीय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका–५ का २० वर्षीय मिनराज पराजुली पक्राउ परेका हुन् ।
मंसिर २८ गते रिभरसाईड होटल एण्ड लजमा बेश्याबृत्ति गर्ने गराउने कार्य भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पिडितलाई उद्वार गरेको छ । बेश्याबृत्ति गर्ने गराउने लेप्चा र पराजुली दुवै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।

