Monday, May 4News That Matters

ईटहरीमा टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

पूर्णपुष्टि,असार १९ । सुनसरीको ईटहरीमा आमा र छोरी सवार स्कुटरलाई टिपरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मंगलवार कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले को १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

केहीबेर अघि भएको यो घटनापछि प्रहरी र सर्वसाधारणबीच झडप भइरहेको छ । टिपरले ब्याक गरी मान्छे मारेको स्थानीयले आरोप लगाएका छन् । स्थानीयबासीले टिपर तोडफोड गरेका छन्।