Monday, April 20News That Matters

ईलाममा ट्रकले ठक्कर दिँदा अर्को ट्रकको सहचालकको मृत्यु

पूर्णपुष्टि, असोज १३

ईलामको ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् ।
हिजो राती पौने १० बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले खाना खानको लागी रोकि राखेको अर्को ट्रकको सहचालक राजेश नेपाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको थियो । ट्रक र चालक पाँचथर का ३४ बर्षीय सुकमान राईलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ