Sunday, June 28News That Matters

ईसेवाबाट अनधिकृत रुपमा रकमान्तर गर्ने १ जना पक्राउ

पूर्णपुष्टि, फागुन २३ 

अर्काको ईसेवाको खाताबाट रकमान्तर गरी अनलाइन ठगी गरेको आरोपमा एक जना पक्राउ गरेको छ ।

दाङको तुल्सीपुर उपमहानगरपालिका–४ घर भई हाल काठमाडौंको चावहिल बस्दै आएका २३ वर्षीय आशिष खड्कालाई भक्तपुरको सानोठिमीबाट प्रहरीले आइतबार पक्राउ गरेको हो ।

भेटघाट गरेर नजिक भएपछि विभिन्न बहानामा कम्प्युटर, ल्यापटप र मोबाइल हेर्ने र गुगल एकाउण्टको पासवर्ड थाहा पाएर ईसेवाको एकाउण्ट खोलेर अन्य व्यक्तिका खातामा अनधिकृत रुपमा रकम पठाउने गरेको पीडितहरुले उजुरी दिएका थिए ।

पक्राउ परेका आशिषलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरी प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको  छ ।