
पूर्णपुष्टि, कात्तिक १९
आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ । प्रदेश ४ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी भेगमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना महाशाखाले जनाएको छ ।
देशका अरु ठाउँको मौसममा भने आंशिक देखि सामान्य बदली रहनेछ । भोलि र पर्सिको मौसम पनि यस्तै नै रहने सम्भावना रहेको महाशाखाले नजाएको छ ।
