
खोटाङ, कार्तिक १९
खोटाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेको छ । खोटेहाङ गाउँपालिका–६ बाट भरुवा बन्दुकसहित भुपाल मोक्तान पक्राउ परेको हो ।
आफ्नै घरमा रहेको भरुवा बन्दुक देखाई मानिसहरुलाई आतंकित बनाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी सिम्पानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० बर्षीय मोक्तानलाई १ थान भरुवा बन्दुक सहित घरबाट नै पक्रउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मोक्तानको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कोटाङले जनाएको छ ।
