Monday, April 20News That Matters

उच्च सरकारी ओहोदमा पुगेका व्यक्तित्वहरु सम्मानित

राजेन्द्र दुष्ट

बेल्टार/पुस २७

नेपाल सरकारको उच्च ओहोदामा  पुग्न सफल भएको भन्दै आफ्ना पुराना विद्यार्थीहरुलाई ज्योति माध्यामिक विद्यालयले सम्मान गरेको छ । चौदण्डीगढी नगरपालिकाको ६ नं.वडा स्थित विद्यालयको ५५ औ वार्षिकोत्सबको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई आईतबार सम्मान गरेकोे हो ।

सम्मानित  हुनेहरुमा वरिष्ठ प्रहरी उपरिक्षक टेकप्रशाद राई, नार्क मुख्य प्रशासकिय अधिकृत बाबुराम पौडेल, कान्तिपुर दैनिकका उप सम्पादक डिल्लिराम खतिवडा, आईटि ईञ्जिनियर कञ्चनलक्ष्मी राई त्यसैगरी वडाध्यक्षहरुमा शन्तोष सुवेदी, प्रशुराम राई, कमलध्वज राई र तेजराज तिम्सिनालाई दोसल्ला ओढाउदै कदर पत्र र ट्रफिद्धारा नगर प्रमुख खगेन्द्र राई, उपप्रमुख रिताकुमारी चौधरी लगायत अतिथिहरुद्धारा  सम्मानित भएका छन् ।

त्यसैगरी १३ औ दक्षिण एशियालि साग खेलकुद प्रशिक्षकहरु  ह्याण्डवलका विन्दा थापा र कवडीका पार्वती राई र ह्याण्डबलकी राष्ट्रिय खेलाडिहरु रञ्जना राई निशा राई पनि सम्मानित भएका छन् । कार्यक्रममा सम्मानित हुनु भएका अधिकृत पौडेलले आफ्नो स्वर्गीय वुवाको नाममा १ लाख रुपैयाको अक्षय कोष समेत प्रदान गर्ने घोषणा गर्दै  अक्षय कोषको व्याजबाट प्रत्येक  साल कक्षा ११ मा अध्ययनरत २ जना जेहेन्दार छात्र/छात्रालाई प्रदान गर्न आग्रह पनि गर्नु भयो ।

त्यसैगरी अर्का सम्मानित व्यक्तित्व वरिष्ठ प्रहरी उपरिक्षक टेकप्रशाद राईले  विद्यालयमा अध्ययन गरेर गौरव लागेको बताउनु भयो । जन्म देखि मृत्यू सम्म मानिसको जीवनयापन र हरेक व्यवहारसंग  नेपाल प्रहरीको जागिरमा जोडिएको उहाँले बताउनु भयो । राईले प्रहरीको पेसालाई मार्यादिद बनाउन सबै नागरिकहरुले सहयोग गर्नु पर्ने पनि बताउनु भयो । प्रहरीलाई नागरिकले सहयोग गरे समाजमा हुने बिभिन्न अपराधहरु निराकरण हुने बताउनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख खगेन्द्र राईले शिक्षाको गुणस्त सुधारर्नको निम्ति कहाँ कस्को कम्जोरी रहेको छ भनि  विद्यालयका प्रअहरुको भेला विव्यास अध्यक्षहरुको भेला गरेर समस्या पत्ता लगाउने कार्यमा संलक्न भईरहेको बताउनु भयो ।

“कम्सेकम दिनको एक पटक एक बोतल पानी लिएर विद्यालय पुग्नुहोस् हामीले उपलब्ध गराएको खाजा खुवाएर त जानुहोस् र आफ्नो बालबच्चाहरुलाई कलम कपिको समस्या छ भने त्यो पनि हामी विद्यलायबाटै उपलब्ध गराउ छौ, अनि अब केको समस्या विद्यालय पठाउनलाई ? वर्षको १४ हजार रुपैया राज्यले १ जना विद्यार्थी वरावर खर्च गरिरहेको पैसा भनेको तपाईहरुले तिरेको करबाटै हो ।” मेयर राइले भने ।

कार्यक्रममा शिक्षा शाखाका उप सचिव रामेश्वर कुवरले आफ्नो वालवालिकासंग जोडिएको भविस्य, सपनाहरु साकार पार्न विद्यालय प्रति चासो दिन अभिभावकहरुलाई आग्रह गर्नु भयो । ६ नं. वडाध्यक्ष कमलध्वज राईले  आफ्नो पहिलो वर्ष वडाको समस्या पहिचानको वर्षको रुपमा लिएको थियो भने सबैको जग शिक्षा नै हो भनेर यो वर्ष वडाले शिक्षाको वर्षको रुपमा लिएको छ । अभिभावकले ढुक्कसंगले आफ्नो छोराछोरीहरुलाई विद्यालय पठाउनुहोस् अन्य कुराको सबै वडाले जिम्मालिने छ भन्दै जहाँ दरबन्दी छैन त्यहाँ दरबन्दीको व्यवस्था गरेर पनि विद्यालयको पठनपाठनमा जोड दिने बताउनु भयो ।

कार्यक्रममा वरिष्ठ पत्राकार कौशल चेम्जोङ, राजनितिकदलका प्रतिनिधिहरु राजेन्द्र कटवाल, भोजराज खतिवडा र गोपाल राई, शिक्षा प्रेमीहरु जयमानशेर राई, कृष्ण चाम्लिङले शुभकामना व्यक्त गर्नु भएको थियो । विद्यालयका विद्यार्थीहरुद्धारा विभिन्न सांस्कृतिक नृत्य तथा गीत संगित प्रस्तुत गर्दै अभिभावकहरुलाई मनोरञ्जन दिएका थिए । प्रदिप कटवालको सभापतित्व र शिक्षक रवि कटवालको संचालनमा कार्यक्रम समापन भएको थियो ।