
झापा, पौष २८ गते ।
झापाको बिर्तामोडमा एक जना बृद्धाले आफ्नै घाँटी रेटेर आत्म हत्या गरेकी छिन् । विर्तामोड नगरपालिका–१० सैनिक बजारको ७१ वर्षीया रोषनी राईले आत्म हत्या गरेकी हुन् ।
आफ्नै घरमा घाँस काट्ने हसियाँले आईतबार साँझ साढे ७ बजे घाँटी रेटेर गम्भीर घाईते भएकी प्रहरीले जनाएको छ । घाईते भएकी राईको उपचारका लागी बिएण्डसी अस्पताल बिर्तामोड पु¥याउना साथ डाक्टरले मृत घोषणा गरेको ईलाका जिल्ला प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
