Monday, April 20News That Matters

सेप्टि ट्याङकी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु

सुनसरी, पौष २८ गते ।

सुनसरीको ईटहरीमा सेप्टि ट्याङ्कीको गाडीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । ईटहरी उप–महानगरपालिका–५  पिपलचोको भित्रि सडक खण्डमा गाडीको ठक्करबाट साईकलयात्री सुनिता कार्कीको मृत्यु भएको हो ।

को १ ख ७१२१ नम्बरको सेप्टिट्याङकी गाडीले दिउँसो पौने १ बजे साईकल यात्री ईटहरी उपमहानगरपालिका–४ हलगडा निबासी २६ वर्षीया कार्कीलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाईते भएकी कार्कीलाई उपचारको लागी बिराट नर्सीङहोम अस्पताल लगि उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । गाडी सह–चालकले चलाएको खुल्न आएपछी सह–चालक पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।