
पूर्णपुष्टि, बैशाख ६ गते ।
आज विहानै देखि त्रियुगा नगरपालिका–३ स्थित भूल्के गाउँलाई उच्च सुरक्षा घेरा भत्र राखिएको छ । सोही मस्जिदमा रहेको १२ भारतियसहित १६ जनाको कोरोना परिक्षणमा १२ जनाको रिर्पोट पोजेटिभ आएपछि गाउँलाई सुरक्षा घेरा भित्र राखिएको हो ।
उनीहरुको गत मंगलबार स्वव नमुना संकलन गरी परिक्षणका लागी कोशी अस्पताल विराटनगर पठाएको थियो । परिक्षणबाट हिजो आएको रिर्पोटमा १२ जनामा कोरोना भाईरस पोजेटिभ देखिएपछि उच्च सर्तकता अपनाउँदै अहिले गाउँलाई सुरक्षा घेरा भित्र राखेको सुरक्षा श्रोतले जनाएको छ ।
उक्त गाउँ प्रवेश र आवतजावतमा प्रर्ण रोक लगाईएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले गाउँलाई सुरक्षा घेरा भित्र राखेको छ । गाउँका सवैको स्वास्थ्य परिक्षण गरिने सुरक्षा श्रोतले जनाएको छ ।
