
पूर्णपुष्टि, बैशाख ५ ।
१ नं. प्रदेशमा पहिलो पटक आज १२ जना र चितवन जिल्लामा २ जना कोरोना भाइरस संक्रमित भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
१ नं. प्रदेशको उदयपुर जिल्लामा भेटिएको १२ जना त्रियुगा नगरपालिका ३ भुल्के गाउँको मस्जिदमा बसेका मानिस हुन् । उक्त मस्जिदबाट १२ भारतीय नागरिकसहित १६ जनाको स्वाप नमुना लिइ परिक्षण गरिएको थियो । कोशी अस्पताल विराटनगरमा गरिएको स्वाप परिक्षणबाट पोजेटिभ देखिएपछि पुन परिक्षणका लागि काठमाडौं स्थित टेकु अस्पतालमा लगिदा पनि पोजेटिभ नै देखिएको थियो । सरकारले आधिकारिक पुष्टि गरेसंगै उदयपुर जिल्लामा पहिलो पटक मात्र नभई प्रदेश १ मै पहिलो पटक कोरोना संक्रमित भेटिएको घटना भएको छ ।
उता चितवन जिल्लामा आजै २ जनाको कोरोना पोजेटिभ भेटिएको सरकारले जनाएको छ ।
यसअघि १६ जना भेटिसकिएका थिए । जसमध्ये एकजना निको भएर घर फर्किएका थिए । आजको घटनासंगै नेपालमा ३० जना पुगेको संख्याले नागरिकहरुमा अझ सतर्कता अपनाउनु पर्ने अवस्था सिर्जना गरेको छ ।
