
पूर्णपुष्टि, बैशाख ५ ।
भुल्के मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमितसहित १६ जनालाई उपचारका लागि विराटनगरस्थित कोरोना अस्पतालको आइसोलेशनतर्फ लगिएको छ ।
एक सुरक्षा अधिकारीका अनुसार चारवटा एम्बुलेन्समा १२ संक्रमितसहित १६ जनालाई लगिएको हो । मस्जिदमा संगै बसेका अन्या चार जनासमेत गरेर १६ जनालाई लगिएको हो । एम्बुलेन्समा संक्रमणको उच्च सतर्कता अपनाइएको छ । चालकहरुलाई पूर्ण व्यक्तिगत सुरक्षा साधन (पीपीइ) प्रयोग गरि पठाइएको छ । उनीहरुलाई प्रहरीले सुरक्षा दिदै लगेको छ ।
