Tuesday, June 2News That Matters

उत्कृष्ट गाउँ गन्तव्यको पुरस्कार उदयपुरको बहेड्वा थारु होम स्टेलाई

पूर्णपुष्टि, १९ चैत्र ।
पछिल्लो समय चर्चित होम स्टेको रुपमा रहेको उदयपुरका बहेड्वा थारु होम स्टेले लगतार उत्कष्टता कायम गर्दै आएको छ । केहि समय अघि मात्रै नेपालकै उत्कृष्ट तिनमा पर्न सफल होम स्टेले फेरी उत्कृष्ट गाउँ गन्तव्यको पुरस्कार पाएको हो । होम स्टेलाई गाउँ पर्यटन प्रवद्र्धन मन्च नेपालले उत्कृष्ट गाउँ गन्तव्यको पुरस्कार दिएको होम स्टे संञ्चालक उत्तिमलाल चौधरीले जनाए । मन्चले दिँदै आएको उत्कृष्ट गाउँ गन्तव्य पुरस्कार यो बर्ष थारु होम स्टेले पाएको चौधरीको भनाई छ ।

नेपल सरकार अन्तर्गतको कार्यालय तारा गाउँ बिकास समितिको सदस्य तथा ( भिटोफ) को पूर्व अध्यक्ष समेत रहेका शिव लामिछानेको सिफारिसमा होम स्टेले नगद र प्रमाण पत्र सहितको पुरस्कार प्राप्त गरेको हो । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको प्रमुख आथित्यता तथा मन्चका अध्यक्ष शकुन्तला देवकोटाको अध्यक्षतामा भव्य पुरस्का प्रदान गरिएको थियो । मन्चले काठमाण्डौँको गोकर्ण हाउस रिसोर्टमा पुरस्कार प्रदान कार्यक्रमको भव्य समारोह गरेका थिए । त्रियुगा नगरपालिका वडा नं १३ स्थित बहेडुवामा रहेको उक्त होम स्टे पछिल्लो समय पर्यटकहरुको आकार्षकको रुपमा सफल बन्दै गएको छ ।