
पूर्णपुष्टि, जेठ २ गते ।
उत्तर कोरियालाई रुसले मानवीय सहायताको रुपमा २५ हजार टन गहुँ पठाएको छ । प्योंङ्गयाङ्गमा रहेको रुसी दूतावासाले एक फेसबुक पोस्टमार्फत जानकारी दिएको हो ।
बन्दरगाहको एक अलग क्षेत्रमा सबै गहुँ अनलोड गरिसकिएको छ भने जहाजका चालक दललाई क्वरेण्टीनमा राखिएको छ ।
गत अप्रिलमा संयुक्त राष्ट्र सङ्घले प्रकाशित गरेको रिपोर्टमा करिब एक करोड उत्तर कोरियाली नागरिक खानाको कमीसँग सामना गरिरहेको भन्दै चेतावनी दिएको थियो ।
कोरोना भाईरसको प्रकोपले हो या अन्य कुनै कारणले खाद्य आपूर्ति भएको हो भन्नेबारेमा स्पष्ट भएको छैन । तर उत्तर कोरियाले आफ्नो एक जना नागरिकमा पनि कोरोना पुष्टि नभएको दाबी गरेको छ ।
