
पूर्णपुष्टि/जेष्ठ, २
नेपालको दोस्रो कोरोना संक्रमित प्रसिद्ध श्रेष्ठले आफ्नो अनुवभ सहित कोरोना नियन्त्रण र रोकथामको लागि सबैमा शन्देश फैलाएकी छिन् ।
आफुमा संक्रमित भएपछि नेपालमा पनि कोरोना भाइरस सुरु भएको भन्ने अझ ठुलो संवाभना थपिएको र देशमा लकडाउन सुरु भएको उनी बताउँछिन् ।
उनि संक्रमित पुष्टि भएपछि २७ दिन हस्पिटलमा रहेर उपचार पछि घर पर्किन् । आफु हस्पिटलमा रहदा धेरै समस्याहरु समेत खेपेकी उनि बताउँछिन् । संक्रमितकै कारण धेरै दोषारोपनहरु आउने गरेको उनीको अनुभव छ ।
आफुले त्यहाँ रहँदा धेरै घृणा, नकरात्मक कुरा, दोषरोपणको कुराहरु सुन्नु परेको र संञ्चार माध्यमहरुमा पनि आफ्नो बिभिन्न टिका टिप्पणीहरु आएको उनी बताउँछिन् । उनिले यस्तो गर्नु भन्दा पनि सबैले यसबारे सकरात्मक हिसाबले बुझेर ब्यबाहर गर्नु पर्नेमा जोड गर्छिन् ।
यो अवस्थामा सुरक्षित अपनाउने र ब्यबाहारिक बुझाइले हेर्ने हो भने भाइरसदेखि सबै जोगिन सकिने उनिको बुझाई छ । आफु संक्रमित रहेता पनि उनिले परिवार, समाज र देशलाई संक्रमण बाट बचाउन ठुलो भुमिका खेलेको बताउँछिन् ।
आफु संक्रमित रहेपनि परिवार, समाज र राष्ट्रमा यसको कुनै असर नपरेको उनि बताउँछिन् किनकी उनले आफु सँगै अरुको पनि सुरक्षाको लागि भुमिका खेलेको बताउँछिन् ।
बिदेश बाट आएपछि उनि सेल्फ क्वारेन्टाइनमा थिइन । कोरोना भाइरस बाट बच्ने साधनहरु माक्स, पन्जा, चस्मा आदिको प्रयोग गरी सामाजिक दुरीको कायममा आफु सुरक्षितका साथ सेल्फ क्वारेन्टाइनमा रहेकी बताउँछिन् । उनको अनुभवमा यस भाइरस बाट बच्न सामाजिक दुरीको ठुलो भुमिका रहने बताएकिछिन् ।
सेल्फ आइसोलेसन र सामाजिक दुरीले आफु र अरुलाई बचाउन ठुलो मदत पुराउने उनको सुझाव छ । भाइरसको रोकथाम र बच्ने उपायको ठुलो ओषधी नै कोरोना भाइरस बाट बच्ने उपायहरुको सक्दो पालना गर्नुको कुनै विकल्प नरहेको उनि बताउँछिन् । उनिले हरेक व्यक्तिहरुले आफुलाई जोगाउने गरेको पालनाले नै अरुलाई पनि जोगाउने र यसको नियन्त्रणमा सहयोग पुग्ने बताएकिछिन् । उनि अहिले आफु ठिक भइसकेको र स्वास्थ्य पनि रहेको बताउँछिन् ।
