Thursday, July 2News That Matters

विपन्न परिवारलाई समाजसेवीद्वारा सहयोग

पूर्णपुष्टि, जेठ २ गते ।

उदयपुरका समाजसेवीहरुले गरिब ७१ घर परिवारलाई सहयोग स्वरुप खाद्यान्न वितरण गरेको छ । लकडाउनले निम्त्याएको खाद्यान्न संकटलाई हाल गर्ने उद्देश्यले त्रियुगा नगरपालिका भित्रका ७१ घर परिवारलाई शुक्रबार खाद्यान्न वितरण गरेको हो ।

समाजसेवी भक्तबहादुर राई, विष्णुकुमार राई र गंगाप्रसाद राईले करिब एक लाख २५ हजार बराबरको खाद्यान्न सहयोग स्वरुप वितरण गरेकोे हो ।

साकेला टोल, साधना टोल, बोटे टोल, त्रियुगा पुल मुनि लगायतका दलित परिवार, कोठा भाडामा बस्ने, दैनिक ज्यालामजदुरी गरि खाने ७१ घरपरिवारलाई परिवार सदस्य संख्याको आधारमा खाद्यान्न वितरण गरेको समाजसेवी विष्णुकुमार राईले बताउनुभयो ।

दुईदेखि चार जनाको परिवारलाई २० केजी चामल, पाँच जनाको परिवारलाई २५ केजी चामल र छदेखि सात जनाको परिवारलाई ३० केजी चालमसँगै पाँच केजी चिउरा, दुई केजी दाल, दुई केजी नुन र एक लिटर खाने तेल वितरण गरेको सहयोग वितरणको सहजीकरण गर्नु भएका स्थानीय समाजसेवी गंगाराम राईले बताउनुभयो । टोल–टोलमै पुगेर खाद्यान्न वितरण गरेको उहाँले बताउनुभयो ।