
पूर्णपुष्टि, जेठ २८ गते ।
आक्रमणमा परि उत्तरी नाइजेरियामा कम्तीमा ५९ जनाको मृत्यु भएको छ । आक्रमणमा जिहादी समूहको संलग्नताको आशङ्का गरिएको छ ।
बोर्नो प्रान्तको गुबिओ जिल्लास्थित एक दुर्गम गाउँमा बन्दूकधारी समूहले मङ्गलबार दर्जनौँको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । गाउँले विरोधमा उत्रिदा जिहादी समूहले प्रतिकार स्वरुप आक्रमण गरेको सञ्चारमाध्यमले जनाएको छ ।
अहिलेसम्म क्रमणको कुनै समूहले जिम्मेवारीको लिएको छैन । यद्दपि उत्तरी नाइजेरियामा जिहादी समूह बोको हराम र इस्लामिक स्टेट सक्रिय छन् । बोको हराम इस्लामिक स्टेटकै ब्यानरमुनि आक्रमणका घटनाहरु गर्दै आएको छ ।
बोर्नो प्रान्तको सिबोकको एक विद्यालयका २ सय ७० बालबालिकालाई बन्धक बनाएपछि बोको हराममाथि विश्वव्यापी प्रतिबन्ध लगाइएको थियो । उक्त समूह छिमेकी राष्ट्र चाड, नाइजर र क्यामरुनमा समेत सक्रिय छ । यसै वर्षको मार्च महिनामा जिहादी समूहले थापेको एम्बुसमा परेर कम्तिमा ४७ जना नाइजेरियाली सिपाहीको मृत्यु भएको थियो । घटनाको भोलीपल्टै चाडमै त्यस्तै आक्रमणमा एक सय सिपाहीको मृत्यु भएको थियो ।
