Friday, June 26News That Matters

पहिरोले गोठ पुरिँदा २ जनाको मृत्यु

पूर्णपुष्टि,  जेठ २८ गते । 

म्याग्दीमा पहिरोले एक गोठ पुरिदा दुई जनाको मृत्यु भएको छ  । गतराती परेको भिषण वर्षाकाको कारण आएको पहिरोले रघुगङ्गा गाउँपालिका ६ पाखापानीको कोटगाउँमा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको हो ।

पहिरोले गोठ पुरिँदा कोटगाउँका ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया नातिनी सिमरन छन्त्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करिब मध्यराति १२ बजे भिषण वर्षासँगै आएको पहिरोले गोठ पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पहिरोले पशु चौपायालाई भ क्षति नगरेको प्रहरीले जनाएको छ ।