
पूर्णपुष्टि, पुस २६ ।
मदनभण्डारी राजमार्गको गाईघाट–चुहाडे सडकखण्डमा गएराती दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका ९ राजाबासमा गएराती प्र. १–०५–००१ ज ००३५ नम्बरको हायसले साइकललाई ठक्करदिँदा साईकलचालककोल मृत्यु भएको छ । ठक्करबाट गम्भिर घाइते भएका रौतामाई गाउँपालिका –७ मुर्कुचीका ३८ वर्षिय तुलसी मंग्रातीको उदयपुर अस्पतालमा उपचारको क्रममा गएराती नै मृत्यु भएको हो । हायस र चालक त्रिनपा १० बोक्सेका ४५ वर्षिय किशोर पोण्डे प्रहरी नियन्त्रणमा रहेका छन् ।
त्यसैगरी आज विहान कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काको सडक दुर्घटनामा परी मृत्यु भएको छ । उनी वडा नंं ६ का वडाध्यक्ष हुन् । बिहीबार बिहान सोही वडाको नहर किनारको पक्की सडकखण्डमा खड्कालाई मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ । सडकमा मोटरसाइकल र मानिस पल्टिएको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाको अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ ।

