
पूर्णपुष्टि, जेष्ठ १९
देशमा कोरोना संक्रमण फैलिरहेको छ । संक्रमणको दर सँगै मृत्यु दरपनि उत्तिकै छ नेपालमा । कोरोना संक्रमणले सबै जिल्लाहरुमा आक्रमण गरिसकेको छ । अन्य जिल्लाहरु भन्दा उदयपुर संक्रमणको दरले केहि हद सम्म सामान्य रहेपनि कुनै जिल्लाको हिसावमा भने फेरी भयावह नै हो ।
उदयपुरमा हाल १ हजार २९० जना संक्रमित भईसकेको छ । यसै बिच जिल्लामा ३५ जना संक्रमितले भने ज्यान गुमाईसकेको अवस्था छ । यसै ३५ जना ज्यान गुमाउने मध्यका दुई दाजु भाई भने एकै परिवारका हुन् । अन्य जिल्लाहरुमा एकै परिवारभित्र थुप्रै संक्रमितहरु मरेको खबर आएपनि उदयपुरमा भने यो पहिलो घटना हो ।
केहि दिन अघि उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचिका एकै परिवारका ३ सदस्यलाई कोरोना संक्रमित देखियो । कोरोना संक्रमण पश्चात उपचारमा लगिएका साईला भाईको जेठ १५ गते बिराट निर्सिङ होममा उपचारकै क्रममा ज्यान गायो । साईला भाई मरेको फेरी ३ दिनको फरकमा जेठा दाईले पनि ज्यान गुमायो । जेठाको भने बिराट नगरको नोवेल हस्पिटलमा आईसियुमा राखेर उपचार गर्ने क्रममा १८ गते ज्यान गएको हो । कोरोना संक्रमित कान्छो भाई सन्तोष मश्राङ्गी मगर भने कोभिड आईसुलेशन गाईघाटबाट निको भएर घर फर्किसकेका छन् ।
जेठा र साईलाको स्वास प्रस्वासमा समस्या भएपछि थप उपचारको लागि विराटनगर रेफर गरिएको थियो ।
रौतामाई गाउपालीका वडानम्बर ७ मुर्कुची मुल घर भए पनि साईला भाई त्रियुगा नगरपालिका ११ गाईघाट बसोवास गर्दै आएका थिए भने जेठ मुकुर्चिमै बसोबास गर्दै आएका थिए ।
गाईघाट ११ स्थित आफ्नै घरमा बस्दै आएका साईला भाईको श्रीमती, एक छोरा र २ छोरी छन् भने मुर्कुची बस्दै आएका जेठाको १ भाई ३ बहिनी छोरी र श्रीमती छन् ।
साईला भाई नेपाल आदिवासी जनजाती महासंघ रौतमाई गाउपालीका समन्वय परिषदका अध्यक्ष तथा आप्रबासि कामदार हकहित संरक्षण समिती, उदयपुरका अध्यक्ष समेत हुन् । साईला भाईको मृत्युले रौतामाई गाउपालीकाको मगर समुदायममा ठुलो क्षति पुगेको नेपाल मगर संघ जिल्ला समन्वय परिषदका अध्यक्ष भक्त मगरले बताउनु भयो ।
माहामारीका कारण ज्यान गुमाउने दुवै दाजुभाई प्रति आत्माचिर शान्तिको कामना छ । साथै परिवार जनप्रति यस दुघद घटनालाई सहन सक्ने धेर्यधारणको शक्ति मिलोस भन्दै गहिरको संवेदना प्रकट गर्दछौ ।
