
पूर्णपुष्टि, जेष्ठ १९
खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुनकोसी किनारमा बालुवा लिन जाँदै गरेको ना ६ छ १९१० नम्बरको ट्याक्टर लैकुखोला नजिक दुर्घटना हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका रोशन राउतको मृत्यु भएको वडासदस्य खेमराज कार्कीले बताउनुभयो ।
वडा कार्यालय धितुङको निर्माणाधीन भवनका लागि बालुवा लिन जाने क्रममा ट्याक्टर दुर्घटना भएको र चालक राउतको मृत्यु भएको कार्कीले जानकारी दिनुभयो ।
